घाँस काट्न जंगल गएकी महिलाको भिरबाट लडेर मृत्यु

रुकुम पश्चिम – भिरबाट लडेर रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ जिपुमा रूपा नेपालीको मृत्यु भएको छ । शनिबार उनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाँस काट्नका लागि जंगलमा गएकी रुपाको स्थानीय मत्थरी जंगलको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । शनिबार बिहान लडेकी उनको शव स्थानीयले दिउँसो भेटाएका थिए ।

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार ०९:३२