कपुरकोटमा पिसिआर परीक्षणलाई तिब्रता दिइने, बजार अनुगमनलाई प्रभावकारी बनाइने

सल्यान- सल्यानको कपुरकोटमा सोमबार बसेको गाउँपालिका स्तरिय विपद् ब्यवस्थापन समितिको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ । समितिका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनको अध्यक्षतामा बसेको बैठकले संकास्पद ब्यक्तिहरुको पिसिआर परिक्षण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।

गाउँपालिकामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्दा आवश्यक पर्ने भिटिएम एक हजार भन्दा बढीको संख्यामा रहेकाले संकास्पद र प्रतिनिधीमुलक तरिकाले सबै क्षेत्रका मानिसहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाउने निर्णय बैठकले गरेको छ ।

यस्तै आउँदै गरेका हरितालिका तीज लगाएतका चाडवाडमा पिङ खेल्ने, चानगान तथा जमघट हुन प्रतिवन्ध लगाउने निर्णय भएको छ । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर सहित सबै वडा अध्यक्षहरु, राजनीतीक दल, उद्योग वाणिज्य संघ, बजार ब्यवस्थापन समिति, कृषि उपज बजार केन्द्र, सुरक्षाकर्मी सम्मीलित बैठकमा कोरोना नियन्त्रणका लागि जारि गरिएका सम्पूर्ण नियमहरु पूर्ण रुपमा पालना गर्ने तथा गर्न लगाउने विषयमा छलफल भएको थियो ।

जस अनुसार कपुरकोट क्षेत्रमा लाग्ने तरकारि हाट बजारमा पिसिआर विना कुनै पनि ब्यापारिलाई बजार प्रवेश प्रतिवन्ध लगाउने, तरकारि ढुवानी साधनमा चालक र सहचालक बाहेक अरुरलाई आवत जावत गर्न नदिने, कृष्षि उपज बजार सञ्चालन कार्यविधिलाई पूर्ण रुपमा पालना गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता यम कुमार वस्नेतले जानकारि दिए । वाढी, पहिरो जस्ता विपद् ब्यवस्थापनका सम्पूर्ण क्रियाकलापहरु प्रभावकारि रुपमा ब्यवस्थापन गर्ने लगाएतका निर्णय भएको उनले बताए ।

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार १७:४५