कर्मचारिमा कोरोना देखिएपछी ८१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो

सल्यान- सल्यानको कपुरकोट स्थित अदुवावाली अनुसन्धान कार्यक्रममा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछी सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

अदुवावाली अनुसन्धान कार्यक्रममा कार्यरत कर्मचारी, कामदार तथा जनप्रतिनिधी, ब्यापारि ब्यवशायी गरेर ८१ जनाको स्वाब संकलन गरेर सोमबार दाङमा कोरोना परिक्षणका लागि पठाइएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी लगाएतका कर्मचारी तथा अदुवावाली अनुसन्धान कार्यक्रमका २५ जना सहित ८२ जनाको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको स्वास्थय संयोजक अरुण दाहालले जानकारि गराएका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार १८:०९