
सल्यान ।
२६वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –२ निवासी २५ वर्षीय लोकराज परियारलाइ प्रहरीले पक्राउ गरेको छ ।
साउन ३० गते कालिमाटी गाउँपालिका–३ मा रहेको स्थानीय घट्टमा गहुँ पिसाउनबाट एक्लै घर फर्किंदै गर्दा आरोपितले ध्वालकाँडा जँगलमा बलात्कार गरेको पीडितले जानकारी दिनुभयो ।
आरोपित घटना भएको दिन साथीहरु संग जिल्ला सदरमुकाम खलंगामा नागरिकता बनाउन आएको र घर फर्किदै गर्दा बाटोमा मदिरा सेवन गरेर एक्लै रहेकी महिलाको पिछा गरि घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले साउन ३२ गते जिल्ला प्रहरी कार्यालय सलनमा जाहेरी दिएको र आरोपितलाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार १८:२५