तीजमा मन्दिरमा पुजापाठ, पिङ र नाचगानमा प्रतिवन्ध, कपुरकोट गाउँपालिकाले निकाल्यो विज्ञप्ती

सल्यान- कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा सल्यानको कपुरकोट गाउँपालिकाले हरितालिका तीज पर्वमा जोखिमयुक्त देखिएका क्रियाकलाप गर्न प्रतिवन्ध लगाएको छ । गाउँपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस पटकको तिज पर्वमा रमझम नगर्न गाउँपालिकावासीहरुमा अनुरोध गरेको हो । तिजका अवसरमा आयोजना गरिने दर कार्यक्रम, मन्दिरमा गएर पुजापाठ गर्ने, पिङ खेल्ने, जमघट भएर नाचगान गर्ने जस्ता सबै गतिविधिमा प्रतिवन्ध लगाइएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए ।

प्रवक्ता यम कुमार वस्नेतद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना भाइरस मानव जातीलाई नै चुनौती दिने रोग भएका कारण सम्पूर्ण चेतनशिल मानवहरुको संयुक्त प्रयासबाट नै कोरोनालाई नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ ।

कोरोना महामारीको संवेदनशिल स्थितिमा सबैलाई सजग र सचेत बन्न, सामाजिक दुरि कायम गर्न, भिडभाड नगर्न, सरसफाइमा ध्यान दिन, सकारात्मक सोँचको विकास गर्न, सन्तुलीत भोजन गन तथा नियमित ब्यायाम संगै स्वस्थकर आहार र ब्यवहारमा सतर्कता अपनाउन अपिल कपुरकोट गाउँपालिकाले गरेको छ । यदि रोग लागिहालेमा पनि आत्मबल दह्रो बनाई स्वास्थ्यकर्मीकाृे निगरानीमा उपचारमा लाग्न, समाज, साथिभाई, छरछिमेकी, परिवारलाई मायाा गर्न र आपसी सद्भाव कायम गर्न पनि आग्रह गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले जोखिमयुक्त देखिएका क्रियाकलाप पूर्ण रुपमा निषेध गर्ने निर्णय गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा सोमबार बसेको जनप्रतिनिधी, राजनीतिक दल, उद्योग वाणिज्य संघ, बजार ब्यवस्थापन समिति, कृषि उपज बजार केन्द्र, कृषक मुल समिति, सुरक्षाकर्मी सम्मीलित गाउँपालिका स्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले गरेको थियो ।

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार १६:२२