जाजरकोटको जुनीचाँदेमा ४ घर पहिरोको उच्च जोखिममा, ४ किसानको कोदो खेती नष्ट

जाजरकोट- जाजरकोटको जुनीचाँदे गाउँपालिकामा पहिरोको कारण ४ घर उच्च जोखिममा परेका छन् । वडा नं ५ मटेला खाटीगाउँमा ४ घर र एक पसल पहिरोको उच्च जोखिममा परेको र ४ जना किसानको कोदो तथा भटमास खेतीमा पहिरोले क्षति पु¥याएको छ । लामातडा देखी दुबीडाँडा जोड्ने मोटरबाटे विस्तारको कार्य भइरहेको र मंगलबार राती परेको अविरल वर्षाले उक्त क्षेत्रमा पहिरो गएको जाजरकोटबाट स्थानीय गोपाल गिरीले टेलिफोनमा जानकारि दिए ।

खाटीगाउँका बल बहादुर चँदारा, सार्की चँदारा, मुने चँदारा, जीते बस्नेतको घर तथा राम सिंह बस्नेतको किराना पसल पहिरोको उच्च जोखिममा परेको बताइएको छ । आफुहरुको अन्यत्र कतै पनि जाने ठाउँ नरहेको र पहिरोको जोखिम भएपछी रातभर जाग्राम बस्नुपरेको बल बहादुरले बताए । यस्तै पहिरोले जीते बस्नेत, गोरख बहादुर बस्नेत, जय बहादुर बस्नेत र जसे बस्नेतको बारिमा लगाएके कोदो र भटमास बालीमा पनि क्षति पु¥याएको छ ।

 

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार १६:०४