सल्यानमा १० महिने शिशु पनि कोरोनाबाट संक्रमीत, बुधबार मात्रै १७ जना ससंक्रमीत फेला

सल्यान- सल्यानमा १० महिनाको शिशु पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमीत भएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार बुधबार १० महिने शिशु सहित १७ जना नयाँ संक्रमीत भेटिएका हुन् । यो संगै सल्यानमा संक्रमितको संख्या २ सय ७९ पुगेको स्वास्थय सेवा कार्यालयका फोकल पर्सन रिखाराम पुनले बताए । बुधबार संक्रमीत हुने सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् ।

संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का १० महिनाको शिशु, ४६ वर्षीय पुरुष, वडा न २ का २२ वर्षीय पुरुष, वडा न ३ का २० र २२ वर्षीय पुरुष र १५ वर्षीया महिलामा रहेका छन् । यस्तै वडा न ४ का २१, २४, ३०, ४२, ४२, ४७ वर्षका पुरुष र ४, ८ र ३५ वर्षीया महिला र वडा न ५ का ४७ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबैलाई बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार १६:२८