सल्यानमा अबिरल बर्षाले करोडौको क्षति

बनगाड खोलाले धानखेतमा पु¥याएको क्षति

रमेशकुमार वली
सल्यान, ४ भदौ । सल्यानमा मंगलबार रातीदेखि लगातार परेको अविरल बर्षाले करोडौको क्षति पु¥याएको छ । लगातारको बर्षातका कारण आएको बाढिका कारण जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा पहिराले धनजनको क्षति पु¥याएको हो ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा रहेको बनगाड खोलाले वगाउदा एकजना वेपत्ता भएका छन् । सल्ली चौरजहारी सडक खण्डमा पर्ने नाथेखोलामा निर्माणाधिन पुलमा सुपरभाइजर रहेका दोलाखा घरभएका ३० बर्षिय दिलिप खत्री रहेको प्रहरीले जनाएको छ । उनिसंगै सुतेका एकजना भने पौडीखेलेर बाच्न सफल भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । बेपत्ताको खोजीकार्य भइरहेको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मोमत रोकाले जानकारी दिनुभयो ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका ४ मा बाढीले दुइ घर बगाएको छ । बाढिले घर बगाएपछि दुई घर परिवार विस्थापित भएको वडाध्यक्ष रोकाले जानकारी दिए । बनगाड खोलाले करिव १ हजार बढि रोपनीमा लगाएको धानखेती नष्ट गरेको छ । “बर्षा निरन्तर भइरहेकोले क्षतिको विवरण संकलन गर्न सकिएको छैन हामी घटनस्थलमा गएर क्षतिको विवरण संकलन गरिरहेका छौ, बनगाड खोलामा २७ बर्ष पछि ठुलो बाढी आएर क्षति बढि हुन पुगेको छ,” वडाध्यक्ष रोकाले भन्नुभयो ।
अविरल बर्षाकै कारण सदरमुकाम खलंगामा वडाध्यक्षको घर पहिरोले पुरेको छ । शारदा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामसिंह बुढाथोकीको घर पहिराले पुरिएको हो । पहिरोले घरमा भएका लत्ता कपडा, धनमाल क्षति भएको वडाध्यक्ष रामसिंह बुढाथोकीले बताउनुभयो ।“हामी त्यहि पहिरो ले परिएको घरमा सुत्थ्यौ तर गएराती अर्को कोठामा सुतेको कारण मानवीय क्षति भएन तर धनमाल र घरमा भने क्षति भयो,” वडाध्यक्ष बुढाथोकीले भन्नुभयो ।

सदरमुकाम खलंगास्थित वडाध्यक्ष रामसिंह बुढाथोकीको घर पहिरोले पुरिएपछि उद्धार गर्दै नेपाली सेना लगायत सुरक्षाकर्मीहरु

बाढीका कारण शारदा नगरपालिका वडा नं. १ मा रहेको शारदा आयल व्यापार सेवामा क्षति पुगेको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्न राखिएका तीन वटा ट्याङ्की भएका ठाउँमा पानीको मुल फुेटपछि ट्याङ्की फुटेल पेट्रोलियम पदार्थ पोखिएको छ । यस्तै श्रीनगरमा रहेको सम्बृद्धी पशुपन्छी तथा कृषि फर्ममा बाढी पस्दा कुखुरा तथा दाना वगाउदा ८ लाख बवावरको क्षति भएको छ ।

श्रीनगर स्थित सम्वृद्धि पशुपन्छी तथा कृषि फर्ममा भएको क्षति , तस्विर ः बिष्णु चन्दको फेसबुकवालबाट
श्रीनगर स्थित शारदा आयल ब्यापार सेवामा भएको क्षति

यस्तै अविरल बर्षाका कारण छत्रैश्वरी गाउँपालिका १ चामीमा पहिरो जाँदा दुइजना घाइते भएका छन् । घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका १ चामीका ३० बर्षिय कमला केसी र उनका ८ बर्षिय छोरा समिर केसी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जनप्रिय पोलिक्लिनिक थारमारेमा प्राथमिक उपपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
पहिरोका कारण चामी गाउँका १० घर परिवार विस्थापित भएका छन् । पहिरोका कारण उच्च जोखिम भएका १० घर परिवारलाई प्रहरी र स्थानीयले उद्धार गरी सुरक्षित स्थानमा स्थान्तरण गर्ने कार्य भइरहेको छत्रेश्वरी गाउँपालिका वडा नं. १ का वडा सदस्य प्रकाश हमालले जानकारी दिनुभयो । “ पहिरोका कारण चामी पुरै गाउ उच्च जोखिममा रहेको छ हामी अहिले जोखिममा परेका परिवारहरुलाई स्थान्तरण गर्नका लागि उद्धार कार्यमा जुटिरहेका छौ” वडासदस्य हमालले भन्नुभयो ।

छत्रेश्वरी गाउँपालिका १ चामीमा पहिरको वितण्डा, तस्विर ः खकेन्द्र केसी÷पत्रकार

चामी गाउँसंगै जोडिएको रोल्पाको गंगादेव गाउँपालिकाको एउटा पुरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । अविरल बर्षाका कारण मकैबालीमा ठुलो क्षतिपु¥याएको छ । यस्तै शारदा नदिमा पानीको वहाव वढेपछि नदि किनारका धानखेतीहरुमा समेत क्षति पु¥याएको छ ।
अबिरल बर्षाका कारण ग्रामिण सडकहरु समेत अवरुद्ध बनेका छन् । बर्षाका कारण विभिन्न स्थानहरुमा पहिरो गएपछि खलंगा–सल्लीबजार, सल्लीबजार–चौरजहारी, लान्ती–दमाचौर लगायका सडकहरु अवरुद्ध बनेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार १५:११