बनगाडमा मन्त्री ज्वालाद्वारा राहत बितरण

इन्द्र बुढाथोकी

भदौ ८ सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

गत भदौ २ गते राति १ आएको बाढीपहिरोले यहाँका केही परिवार घरवार बिहिन भएका छन् । सोमबार बाढीपहिरोले क्षती भएको क्षेत्र नजिकै पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बनगाड कुपिण्डे नगरपालिका ४ का वडाअध्यक्ष मोमत रोकालाई हस्तान्तरण गर्नु भएको हो ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ गर्चेमा पशुराम वुढाको घर वगाएको छ । मानविय क्षती नभएपनि पशुचौपाय र धनमालको क्षती भएको छ । वुढाको परिवार अहिले अर्काको घरमा बस्दै आएका छन । स्थानीय स्तरमा खनिएका सडकका कारण गर्चे वजार, लाखर, मैनेनी गाउँ, बीउ¥यानी गाउँ, डोप्के १२ न वडाको निगाल्चुला समेत पहिरोको उच्च जोखिममा परेको छ । यस्तै वडा नम्बर ५ को लाखरका केही स्थानीयको घरहरु समेत उच्च जोखिममा परेका छन् । केही ठाउँमा खानेपानीको मुहानसँगै पाइपहरु वगाएको छ । बाढी नै पसेर सल्लिवजारको गैलीवजारमा रहेको मनि फर्निचर उद्योगको घरसँगै काष्ठ उद्योगमा क्षती गरेको छ ।
यस क्षेत्रमा बाढीपहिरोका कारण लाखौँको क्षती भएपनि राज्य पक्षबाट बेवास्ता गरिएको पिडित परिवारको गुणासो छ ।
उक्त क्षेत्रमा विभिन्न ठाउमा बाढी पहिरो गएको कारण विभिन्न गाउहरु जोखिममा परेका छन भने दोलखाको एक जना व्यक्ति बेपत्ता भएको छन भने उनको खोजिकार्या जारी रहेको छ ।
राहत लिएर गर्चेपुग्ने भनेर हिडेका मन्त्री ज्वाला र सल्लाहकार शर्मा वर्षाका कारण सडक अवरुद्ध हुदा ५ न वडा कार्यालयमा च्युरामा पुगेर पीडित परिवारलाई भेट्नुको साथै जनताको दुख सुखमा सधै नेता तपाईहरुको साथमा र प्रदेश सरकार तपाईहरुको घरदैलोमा नै रहेको मन्त्री ज्वालाले बताउनुभएको छ । कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बनगाड आएको बताउनु भएको छ । घर बिहिनलाई प्रदेश सरकारले ३ महिना सम्म खानाको व्यवस्था गर्ने उहाले बताउनु भएको छ ।

अविरल वर्षाका कारण बनगाड खोलामा रहेका
खेतीयोग्य जमिन पुरै क्षेद विक्षेद बनाएले आफुले तत्कालको तटबन्धको व्यवस्था गर्न सम्बन्धि कार्यालयलाई निर्देशन दिइसकेको उहाले बताउनु भएको छ । वास्तविक क्षेती भएको स्थानीय सरकार, प्रशासन कार्यालयको सिफारिस भएर आएमा प्रदेश सरकारले तत्काल १ लाख रुपैया समेत दिने उहाले बताउनु भएको छ । तटबन्धको लागि गुरुयोजना बनाएर अगाडि बढने समेत उहाले बताउनु भएको छ । सो अबशरमा प्रदेश सरकारका तर्फबाट मन्त्री ज्वाला र मूख्यमन्त्रीका राजनितिक सल्लाहकार शर्माले ४ वडा अध्यक्ष मोमत रोका त्रिपाल, कम्बल, म्याट, झुल लगाएतका सामाग्री हस्तान्तरण गरेको छ ।
साथै सल्ली चौरजाहारी सडक स्तर वृद्धिको लागि १६ करोड बजेट छुट्याएको र अझै आवश्यक पर्ने थप बजेटको लागि आफुले पहल गर्ने मन्त्री ज्वालाले बताउनु भएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार २१:३२