सल्यानका ३६ जना मात्रै आइसोलेसनमा, मंगलबार दुई जनामा संक्रमण पुष्टी

सल्यान- सल्यान जिल्लामा हाल सम्म दुई सय ८९ जना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमीत भएका छन् । मंगलबार थप दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आए संगै जिल्लामा संक्रमीतको संख्या दुई सय ८९ पुगेको हो ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा जिल्लाको छत्रेश्वरी गाउपाालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा छत्रेश्वरी गाउपालिका वडा नम्बर २ का २४ बर्षिय र वडा नम्बर ७ का २० बर्षिय पुरुष रहेको छत्रेश्वरी गाउपालिकाले जनाएको छ ।

दुई सय ५३ जनाले कोरोनालाई जीतेर घर फर्किए

हाल सम्म संक्रमीत दुई सय ८९ जना मध्ये दुई सय ५३ जनाले कोरोनालाई जीतेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका फोकल पर्सन रिखाराम पुनका अनुसार मंगलबार मात्रै दुई जना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु कालिमाटी गाउँपालिकाका हुन् । हाल विभिन्न आइसोलेसनमा सल्यानका ३६ जना संक्रमीत उपचाररथ छन् । उनीहरु सबैकोे स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्ला भित्र लुहापिङ आइसोलेसनमा ७ जना, वनगाड कुपिण्डे नगरपालिका १ स्थित प्रभाकर माविको आइसोलेसनमा २६ जना र छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनमा २ जना गरेर ३५ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै जिल्ला वाहिर कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा १ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १७:३३