ट्रकमा मोटरसाईकल ठोक्कींदा शिक्षकको मृत्यु

बाँके – बाँकेमा मोटरसाइकल दुर्घटनामा परेर राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा माविमा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देवकोटाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा उनले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजे उनको कुसुम घर नजिक छिमेकीको बच्चालाई सर्पले डसेपछि उनले उद्दारका लागि नेपालगन्ज ल्याउँदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकलमा सवार निज बच्चा र निज बच्चाको आमाको अवस्था सामान्य रहेको छ । दुबै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार १०:२८