
सल्यान ।
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका समुहको भेरी कर्णाली व्युरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका–२ निवासी ५० वर्षीय महेश भनिने आइते बिक र सुर्खेत गुर्भाकोट नगरपालिका –२ निावसी ४२ वर्षीय तिलक बहादुर वलीलाइ प्रहरीले कालिमाटी गाउँपालिका–६ जलजला बाट भदौ १५ गते पक्राउ गरेको छ ।
स्थानिय व्यापारी तथा जनप्रतिनिधिहरु सँग चन्दा मागी अशान्ति मच्चाई रहेको छन् भन्ने गोप्य सूचनाको आधारमा सोही ठाँउमा लुकिछिपि बसि रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
घटनाबारे सोधपुछ गर्दा प्रहरी कर्मचारी माथिनै अभद्र व्यवहार गरेकोले आरोपित दुवैजना लाई नियन्त्रणमा लिई कानुन वमोजिम थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७ भाद्र २०७७, बुधबार १०:११