मेयर पुन र अध्यक्ष बुढाको पहलमा २ हप्ता देखि अवरुद्ध सल्ली-चौरजहारी सडक खुल्यो

इन्द्र बुढाथाेकी ,सल्यान । 

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली चौरजहारी सडक बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुन र कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढाको पहलमा खुलेको छ । भदौ २ गते राती आएको बाढी र पहिरोले सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो ।

बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिका सयुक्त रुपमा आआफ्नो सिमा क्षेत्रमा पर्ने सडकको पहिरोहरु हटाए पछि आज देखि सडक सन्चालनमा आएको छ । बाढीले बगाएको स्थानमा पहिरो स्काभेटर र जेसिबि लगाएर हटाए पछि सडक सञ्चालनमा आएको कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढामगरले जानकारी दिनुभयाे ।

सडक अवरुद्ध हुँदा सल्यानका कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका सवारी साधन तथा पैदल यात्रुहरु समस्यामा परेका थिए । बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन र कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढाको पहलमा अवरुद्ध सडक सुचारु भएको छ ।

साे सडक सन्चालन भएको १५ वर्ष बितिसक्दा समेत स्तर वृद्धिको लागि कतै बाट पहल नहुदा सडक सधै वर्षा भएको समयमा अवरुद्ध हुने गर्दछ । विभिन्न नेताहरूले यस सडकलाई स्तरवृद्धिको लागि आफुहरुले पहलल गर्ने भने पनि अहिले अस्तव्यस्त अवस्था उक्त सडक रहेको छ ।

देशमा संघीयता आएसँगै सडक कस्ले निमार्ण गर्ने निर्क्योल नहुँदा त्यसको सास्ती सर्वसाधारणले भोग्दै आइरहेका छन् । विगतमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको छ ।

केही भाग प्रदेश सरकार अन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारी ५ किलोमीटर सडक स्तर वृद्धिको काम गर्दै छ भने केही भाग पूर्वाधार कार्यालय सल्यानले स्तर वृद्धिको काम हेर्दै आएको छ । तर मर्मत सम्भार कसले गर्ने भन्नेमा अन्यवल्ता छाएको छ ।

त्यसको आपसी समन्वय भने देखिदैन रुकुमले सल्यानको बाटो हो सल्यानले बनाउनु पर्छ भन्ने र सल्यानले रुकुमको सडक भएकाले रुकुमले बनाउनु पर्छ भन्दै दुवै जिल्ला नेताहरुले चुनावी नारा बनाउने तर विकास निर्माणकार्य गर्दा बजेट छुट्याउने समयमा पन्छिदै आइरहेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७७, बुधबार १४:००