सल्यानबाट विदाइ हुँदै गर्दा सल्यान प्रहरी प्रमुख खतिवडाकाे पत्रकार सम्मेलन

करेश्मा गिरी / सल्यान  । 

 जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेद्र खतीवडाले आफ्नो कार्यकाल सकिनै लाग्दा जिल्ला प्रहरी कार्यलय सल्यानले गरेका सम्पुर्ण कामको प्रगती विवरण सार्वजनीक गर्नुभएको छ ।  उहाँले आँज एक कार्यक्रमका बिच पत्रकार   सम्मेन गरी जिल्ला प्रहरी कार्यलय सल्यानले एक बर्षको अवधीमा गरेको सम्पुर्ण प्रगती विवरण सर्बजनिक गर्नुभएको हो ।

 जसमा अपराध कार्य तर्फ लागु अवैध मुद्धाका प्रतीवदी ११ जना,जुवातास मुद्धाका ३०,बाल बिबाह मुद्धामा २८,जबरजस्ती करणी मा १९, जबरजस्ती करणी उधोग मुद्धामा ९,कर्तव्य ज्यान म’द्धामा ३,चोरी मुद्धामा १६,हातहतीयार खरखजना मुद्धामा ६,मानव बेचबिखन मुद्धामा २, सवारी ज्यान मुद्धामा ७ जना प्रतीबादी र अन्य मुद्धाका २ सय ५५ जना प्रतीवदी पक्राउ गरी मुद्धा फचौट गर्न सफल भएको   डिएसपी  खतीवडाको भनाइ छ ।

उहाँले भन्नुभयो सबै भन्दा बढी बाल बिबाह मुद्धाका २८ जना पक्राउ गर्न सफल भएका हाैं,,भने मानब बेचबिखनका सबै भन्दा कम २ जना प्रतीवदी पक्राउ परेका छन् ।

यस्तै  फैसला कार्यन्वयनको सिलसीलामा जिल्ला अदालत सल्यान र जिल्ला प्रशासन कार्यलय सल्यान विभिन्न मितीमा कैद सजाय जरीवना तिर्न बाँकी फरार प्रतीवदीलाइ गत साउन ८ गते देखी भदौ १० गते सम्ममा करीब डेढ महिनाको अवधीमा १ सय २४ जना पक्राउ गर्न सफल भएको खतीवडाको भनाइ छ ।

साथै डिएसपि  खतिवडाले सल्यानमा  रहँदा अपराध नियन्त्रण,शान्ती सुरक्षा कायम राख्न जिल्लाका सम्पुर्ण सराेकारवाला,नागरिक समाज,पत्रकार, राजनैतिक दल, स्थानीय लायतकाले गरेकाे सहयाेगका उदाहरणीय रहेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहीबार १८:०७