समुदायस्तरमा कोरोना भेटिएपछी छत्रेश्वरीको ५ नम्बर वडा सिल, कपुरकोटको आइसोलेसन सेन्टर सञ्चालनमा

सल्यान- सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा समुदायस्तरमै कोरोना भाईरसको संक्रमण देखिएपछी निशेधाज्ञा जारी गरिएको छ । गत १५ गते स्वाब संकलन गरि परिक्षण गरिएका ६१ वटा नमुना मध्य शुक्रवार ३३ वर्षिय एकजना पुुुुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछी वडामा गाउँपालिकाले निशेधाज्ञा जारी गरेको हो ।

समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि वडा नै सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताए । अहिले संक्रमीत ती ब्यक्तीलाई भोटेचौरको आईसोलेसनमा राखिएको उनले बताए । संक्रमीत ब्यक्तीको सम्पर्कमा आएका ब्यक्ती हरुको खोजि र पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गरिएको उनले बताए ।
वडा न ५ अन्र्तगत पर्ने सम्पूर्ण क्षेत्रहरुमा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवासाय सञ्चालन तथा हिडडुलमा समेत पूर्ण निषेध गरिएको गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कपुरकोेट बजार क्षेत्र आगामी विहिबार सम्मका लागि बन्द

यता सल्यानको कपुरकोेट बजार क्षेत्र आगामी विहिबार सम्मका लागि बन्द छ । एक जना स्वास्थयकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि स्थिति भयावह हुनबाट रोक्नका लागि भन्दै कपुरकोट गाउँपालिकाले विहिबार राती देखि बजार क्षेत्र पूर्ण रुपमा सिल गरेको थियो ।
कपुरकोट गाउँपालिका, ३ नम्बर वडा कार्यालय लगाएत सम्पूर्ण सरकारि तथा गैरसरकारी कार्यालय, पसल, सवारि साधन र तरकारि बजार समेत बन्द रहेका छन् । पिसिआर परीक्षणको दायरा बढाएको गाउँपालिकाले एक सय १५ जनाको स्वाब संकलन गरेर नेपालगञ्ज स्थित प्रयोगशालामा पठाइएको स्वास्थय संयोजक अरुण दाहालले जनाए ।


स्वाब दिएका सम्पूर्ण ब्यक्तिहरुलाई सेल्फ कवारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित एक जना स्वास्थयकर्मीलाई किमुचौर स्थित आइसोलेसन सेन्टररमा राखिएको छ । धनवाङ स्वास्थय चौकी कपुरकोटका स्वास्थ्यकर्मीहरु पनि क्वारेनटाइनमा बसेका छन् ।

प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार १६:२७