
प्रचण्ड खत्री
रुकुम पश्चिम – रुकुममा दुई हजार ६ सय ५० किसान घर परिवारलाई उन्नत तरकारीको विउ वितरण गरिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका वडा नम्बर ६ का किसानहरुलाई वडा कार्यालय मार्फत निःशुल्क वेमौसमी तरकारीकिो विउ वितरण गरिएको हो । वडामा रहेका कृषक समूहमा आवद्ध प्रत्येक टोलका कृषकहरुलाई तरकारीको विउ वितरण गरिएको वडा अध्यक्ष मनोज कुमार अधिकारीले जानकारी दिए ।
वडा कार्यालयको २० हजार रुपैँयाको लगानीमा तरकारीको विउ खरिद गरेको थियो । निःशुल्क तरकारिको विउ पाएपछी किसानहरु खुसि भएका छन् । एक घर एक करेसाबारिको अवधारणालाई सार्थकता दिनका लागि वडा कार्यालयले काउली, भन्दा, भाजी, रायो, गाँजर, मुला लगाएतका तरकारी तथा सागको विउ वितरण गरेको हो । वर्षायाम सकिएसंगै हिउँदको समयमा गाउँघरमा तरकारीको अभाव हुने भएकाले किसानहरुलाई तरकारि खेती तर्फ आकर्षित गर्न यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष अधिकारीको भनाई छ ।
प्रकाशित मिति: २१ भाद्र २०७७, आईतवार ०७:५९