
प्रचण्ड खत्री
रुकुम पश्चिम– रुकुम पश्चिममा २ जना कोरोना संक्रमित थपिएका छन । भाद्र १५ गते स्वाब संकलन गरि परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा मुसिकोट नगरपालिका ४ का २५ बर्षका पुरुषमा र मुसिकोट नगरपालिका १ कि २२ बर्सिय महिलामा कोरोना पोजिटिभ देखीएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन इश्वर रावलले जानकारी दिए ।
बाफिकोट गाउँपालिका ९० जना र मुसिकोट नगरपालिकाका १ सय ४५ जनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन रावलले बताए । रावलका अनुसार जिल्लामा संक्रमितको संख्या ६५ जना पुगेका छन । सक्रिय संक्रमित १० जना बिभिन्न आईसोलेसनामा बसेका छन भने बाकि ५५ जना निको भएर घर फर्किसकेका छन ।
प्रकाशित मिति: २१ भाद्र २०७७, आईतवार १२:२७