नाथिगाड खोलाले बगाउँदा तीन वर्षिय वालकको मृत्यु

रुकुम पूर्व– रुकुम पूर्वमा खोलाले बगाउँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–७, का अंकित परियारलाई आइतबार बिहान स्थानीय नाथिगाड खोलाले बगाएको थियो ।

बिहान ११ बजेतिर दाइदिदीहरु खोलामा पौडी खेलिरहेको अवस्थामा बालक पनि खोलामा पसेको र खोलाले बगाएको प्रहरीले जनाएको छ ।

बालकको शव दिउँसो २ बजेतिर उक्त खोला र सानीभेरी नदीको दोभानमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: २१ भाद्र २०७७, आईतवार १८:३०