शारदा नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा तालाबन्दी

सल्यान ।
शारदा नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । ठारढुंगा स्वास्थ्य क्लीनिकमा कार्यालय सहयोगी नियुक्तिको विषयलाइ लिएर तालाबन्दी गर्नु परेको एक स्थानीयले बताए ।

प्रकृया नपुर्याएर आफन्तलाइ कर्मचारी नियुक्त गरेको भन्दै स्थानीयले विरोध स्वरुप तालाबन्दी गरेको कभरखबरलाइ जानकारी दिए । हामीले कर्मचारी नियक्ती अनियमित भयो भनेर वडा अध्यक्षसंग छलफल गर्न खोज्यौं तर तिन दिन देखी कार्यालयमा वडा अध्यक्षलाइ भेटेका छैनौ त्यसैले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका हौं, एक युवाले भने ।
यस अघिपनि स्थानीय जनप्रतिनिधिले मनोमानी ढंगले विभिन्न क्रियाकलापहरु संचालन गरेको भन्दै स्थानीय युवाहरुले सबैकाम पारदर्शी ढंगले गर्नुपर्ने भन्दै वडा कार्यालयमा अनिश्चित कालका लागी तालाबन्दी गरेको बताएका छन् । यस घटनाका विषयमा सम्बन्धित वडा कार्यालयको भने कुनै प्रतित्रृmया आएको छैन् ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार २१:०५