सल्यानका युवाहरुले थाले स्वास्थ्य तथा सरसफाइ अभियान

सल्यान ।
पछिल्लो समय सल्यानका युवाहरुले विभिन्न अभियानको थालनी गरेका छन् । लकडाउनको समयमा समेत उपचार बाट वन्चित परिवारलाइ सहयोग जुटाउने देखी गाउँघर सरसफाइमा युवाहरुको उल्लेखनीय सहभागिता छ । जिल्लामा क्रियाशिल युथ अफ सल्यानले आर्थिक रुपमा कमजोर भइ उपचारका लागी छटपटाइ रहेका पीडित व्यक्तीहरुकालागी सहयोग जुटाउने अभियान थालेकोमा अहिले वडास्तरमा पनि युवाहरु हौंसिएका छन् ।

यसै क्रममा शारदा नगरपालिकाको वडा नम्बर १० का युवाहरुले गाउँ सरसफाइमा जुटेका छन् । आप्mनो गाउँको सरसफाइमा युवाहरुलेपनि सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले क्लबमा आबद्द भएर सरसफाइ तथा स्वास्थ्यमा लाी परेको युथ अफ सल्यान वडा कमिटीका अध्यक्ष नरेन्द्रराज थापाले जानकारी दिनु भयो ।

यस अभियानमा शारदा नगरपालिकाले सरसफाइमा सहयोग पुग्ने भन्दै सरसफाइका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । युवाहरुको यस अभियानमा नगरले सकेसम्मको सहयोग गर्ने नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो । शारदा नपा–१० मा युवाहरुले कार्यालय समेत स्थापना गरेर यस अभियानलाइ तिव्रताका साथ अगाडी बढाएर लैजाने बताएका छन् । साथै सहयोगीहातहरुलाइ सहयोगको लाी आह्वान समेत गरेका छन् ।

कोरोना संक्रमण चली रहेको समयमा समेत युवाहरुले यस सरसफाइको अभियानलाइ तिव्रता दिएकोमा वडा अध्यक्ष रेशम बहादुर बुढाथोकीले प्रशँसा गर्नु भएको छ । उहाँले युवाहरुलाइ आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार २१:४४