सल्यानकाे बनगाडकुपिण्डेमा न्यायिक पहुँचसम्बन्धी कार्यशाला गोष्ठी

 इन्द्र बुढाथोकी ,सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा महिला, सिमान्तकृत समुदायका पक्षमा बनेका नितिगत प्रावधान असर र समस्या पहिचान विषयक नगर स्तरीय विश्लेषणात्मक कार्यशाला एक दिने गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नगर उप प्रमुख तथा न्यायिक समिती सहयोजक मन्जु यरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुन हुनु हुन्थ्यो ।

कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख पुनले कुनै समय न्यायमा विचलनता हुने जनाउनुभयो । नेपालको कानुन कतै न कतै बिचल्न तथा केही त्रुटिहरुको र कानूनका व्याख्याताहरुले कानुनलाई आफु अनुकुल न्यायिक निरुपण गर्ने गरेको धारणा राख्नुभएको थियोे ।

कार्यक्रम उपस्थिति महानुभावले न्यायको अस्पष्टतासम्बन्धि कुराहरुमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्याधिबक्ता भिमसेन काफ्लेलाई कानुनि झन्झटिलताका विषयमा सोधेका थिए । बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक निरुपणका जटिलता र कानुनी पाटाका विषयमा कार्यक्रमका न्यायिक समितिकि संयोजक मञ्जु यरिले आइ परेका कठिनाइका बारेमा अनुभव बताउनु भएको छ ।

जतिसुकै आएका निवेदनहरु सकेसम्म मिलाउने काम भएको छ । अन्यायमा परेका नागरिकलाई न्यायिक प्रत्याभूति दिने काम भएको उहाँको भनाई थियोे । अधिकास लेनदेन र महिला हिसा सम्बन्धि बिवादित बिषयहरु आउने गरेको उहाले बताउनु भएको छ । ग्रामीण महिला उत्थानका अध्यक्ष सोविता बस्नेतले कार्यक्रमको परिचयका बारेमा प्रष्ट पार्नुभएको थियोे भने सञ्चालन जिल्ला इन्सेका प्रतिनिधि मिना वुढाथोकिले गर्नुभएको थियोे ।

कार्यक्रम उठेका धारणा कठिनाइका विषयमा जिल्ला न्यायाधिबक्ता काफ्लेले प्रष्टयाउनु भएको थियोे । संस्थागत सुधारमार्फत न्यायमा पहुँच अन्तर्गत परियोजना युएईन डपिको सहयोग र साझेदारी दलित सेवा संघ, ग्रामीण महिला उत्थानको साझेदारीमा आयोजना गरिएको थियोे ।

प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, १ न वडा अध्यक्ष तथा न्यायिक समिति सदस्य शान्त कुमार यरी, नगर स्वास्थ्य शाखा प्रतिनिधि सन्तोशी रावत, महिला तथा बालबालिका शाखाका लक्ष्मी शाही विभिन्न वडाहरुबाट प्रतिनिधित्व गर्ने महिला, सिमान्कृत नागरिकहरुको उपस्थिति रहेको थियोे ।कार्यक्रमकाे संचालन इन्सेक प्रतिनिधी मिना बुढाथाेकीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार ०६:२७