अपहरण भएको भनिएका सल्यानका वडा अध्यक्ष होटेलमा भेटिए, अपहरण हल्ला मात्रै

मिना बुढाथोकी,सल्यान ।
अपहरणमा परेका भनिएका सल्यानका वडा अध्यक्ष दाङको तुलसीपुरमा एक होटलमा फेला परेका छन् । असोज ११ गते सदरमुकाम खलंगा जान्छु भनेर घरबाट निस्किएपछि शारदा नगरपालिका –१३ का वडा अध्यक्ष तुलसी रावत सम्पर्क विहिन भएका थिए । उनि सम्पर्कविहिन भएपछि प्रहरीमा खोजतलासको उजुरी समेत परेको थियो ।उनलाइ असोज १४ गते दाङको एक होटलमा प्रहरीले फेला पारेको छ ।

तुलसीपुरको एक मम पसलमा भेटिएका वडाध्यक्ष रावतले आप्mनो व्यक्तिगत लेनदेनको कारणले दाङ झरेको बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । बेपत्ता रहेका भनिएका रावतलाइ दाङको तुलसीपुर–७ मा पर्ने दाङ–सल्यान सडकखण्डको दाजुभाइ मम पसलबाट सल्यान र दाँङको प्रहरीले फेला पारेको उहाँले बताउनु भयो ।

विप्लव कार्यकर्ताले चन्दा मागेर तनाव दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने कुरा पुष्टि भइ नसकेको उहाँले बताउनु भयो । वडाअध्यक्ष रावत लाइ बिहीवार परिवारको जिम्मा लगाइएको छ । भने थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
कसरी बने सम्पर्क बिहीन
वडा अध्यक्ष रावत गत शनिबार सल्यानको श्रीनगरबाट नाइट बस चढेर दाङको तुलसीपुर पुगेको र त्यहाँ पुगेर परिवारलाइ फोन गरेर म विप्लबको अपहरणमा परेको छु मलाइ २० हजार रकम आवश्यक छ भनेर राेएकाे जस्ताे अावाजमा फोन गरेपछि आफन्तहरु पैसाको जोहो गर्न तर्फ लागे । तर अहिले प्रहरीका अनुसार उहाँ कुनै अपहरणमा पर्नु भएको थिएन्। बरु आप्mनै व्यक्तिगत तनावले परिवारको सम्पर्क बाट टाढा बस्नुभएको हो ।

बुधवार होटलमा उहाँ एक्लै नभइ अन्दाजी २६ वर्षीया एक महिलासंग फेला परेको श्रोतको दावी छ । तर यस विषयमा पनि जिल्ला प्रहरी कार्यालय सल्यानले कुनै प्रतिकृया भने दिएको छैन् । प्रहरीका अनुसार वडा अध्यक्षलाइमात्रै तुल्सीपुरबाट सल्यान ल्याइएको हो ।

वडा अध्यक्ष महिलासंग भेटिएपछि घटना थप आश्चर्यजनक बनेको छ । तुल्सीपुरमा बस्ने ती महिलाका पति वैदेशिक रोजगारीमा रहेको र वडा अध्यक्ष रावत संग केहि समय अघिदेखि सम्पर्कमा रहेको श्रोतले बताएको छ ।

यातायात क्षेत्रमा हुँदाको समयमानै वडा अध्यक्ष र ति महिलाबीच परिचय भएको बुझिएको छ । अहिले आएर नाटकीय ढंगले आफु अपहरणमा परेको भनेर परिवारलाइ वडा अध्यक्ष आफैले फोन गरेको समेत बुझिएको छ ।

वडा अध्यक्ष अपहरणमा परेको आशंकामा परिवारले प्रहरीलाइ खोजतलाश गरिदिन जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ मिलेर रावतको खोजी गरेको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहीबार १६:१७