कभर खबर

  • १६ आश्विन २०७७, शुक्रबार ११:१५

विद्यार्थीका घरघरमा परियोजना कार्य, एक विद्यार्थीलाई १६ वटा प्रश्न

सल्यान- सल्यान कपुरकोट गाउँपालिकामा ४ हजार ५ सय बढी विद्यार्थीलाई परियोजना कार्य दिइएको छ । एक विद्यार्थीलाई ५ वटा विषयका १६ वटा प्रश्न तयार गरी घरदैलो मार्फत परियोजना कार्य वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार आचार्यले जानकारि दिए । लामो समय सम्म विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या आएको भन्दै विद्यार्थीको पढाईमा सक्रिय सहभागीताका लागि परियोजना कार्य दिइएको हो ।

कपुरकोट गाउँपालिकामा २४ वटा सामुदायीक विद्यालयहरु रहेका छन् । र विद्यालयमा ४ हजार ३ सय ५८ जना विद्यार्थी भर्ना भइसकेको पनि शिक्षा शाखा प्रमुख आचार्यले जनाए । उनका अनुसार शिशुमा ४३५, कक्षा १ मा ५१९, कक्षा २ मा ३९२, कक्षा ३ मा ४८४ जना विद्यार्थी भएका छन् । यस्तै ४ मा ३९७ जना, ५ मा ४४० जना, ६ मा ४२६ जना, ७ मा ४६७ जना, ८ मा ४३७ जना, ९ मा ४१६ जना र १० मा ३८० जना विद्यार्थी भर्ना भएका छन् ।

कपुरकोट गाउँपालिकामा विद्यार्थीलाई पाठ्यपुस्तक पनि वितरण गरिएको छ भने विषयगत विज्ञ समूहरु मार्फत विद्यार्थी संख्याको आधारमा परियोजना कार्य निर्माण गरि वितरण गरिएको हो । विद्यार्थिले घरमै बसेर गरेको कार्य अव आउने आइतबार देखी फेरी िशिक्षकहरु घरदैलोमा पुगेर संकलन गर्नेछन् । शिक्षकहरु सुरक्षा सतर्कता अपनाएर घरदैलोमा पुगेको र कोरोना भाइरसबाट बच्न सकिने उपायका बारेमा पनि सचेतना फैलाइरहेको शिक्षा शाखा प्रमुख आचार्यले बताए ।

 

प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार ११:१५