शिक्षा,स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागी मानवअधिकार निगरानी समुहको ध्यानाकर्षण

 इन्द्र बुढाथोकी / करेश्मा गिरी, सल्यान ।
शिक्षा,स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक सल्यानद्दारा बनगाड कुपिण्डे नगरपालिकामा गठित मानव अधिकार समूहले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । मानव अधिकार समूहले असोज १९ गते नगरपालिकालाइ ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

सबै विद्यालयका प्रअ तथा प्रतिनिधिहरुको बैठक आयोजना गरि कार्ययोजना अघी बढाउनु पर्ने, र विद्यालय संचालनका लागी हाल विद्यमान समस्या पहिल्याइ समाधान खोज्नु पर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

यस्तै शिक्षा बालबालिकाको मौलिक हक भएकाले कोरोना रोकथामका तथा उपचारका लागी यस पालीकाले विभिन्न विद्यालयमा आइसोलेसन र क्वरेइन्टाइन संचालनमै रहेकाले विधार्थीहरु शिक्षाबाट बन्चीत भएकाले सो आइसोलेसन र क्वरेइन्टाइन वैकल्पीक व्यव्स्थापन गरी विद्यालय संचालन गर्नुपर्ने समेत उक्त ध्यनाकर्षण पत्रमा उल्लेख गरीएको मानव अधिकार निगरानी समुहका अध्यक्ष तिलक नेपालीले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना संक्रमणको कारण यस नगरमा क्वरेटाइन संचालन गरीएका कातीपय विद्यायल खाली गरीएपनी कोरोनाको जोखीम कायमै रहेकाले निर्मुलीकरण गरी संरचनाको ब्यवस्थापन गर्नुपर्ने र बजारमा म्याद गुर्जीएका खाद्य वस्तु विक्री वितरण भैरहेको तथा बजारमा मुल्य सुचि समेत टास नगरेको भन्ने गुनासो आएकोले मानब अधिकार समुह समेतको सहभागितामा तत्काल बजार अनुगमा गर्नुपर्ने उक्त ध्यनाकर्षण पत्रमा उल्लेख गरीएको उहाँले बताउनु भयो ।

निगरानी समुहका अध्यक्ष तिलक नेपालीको नेतृत्वमा गएको टोलीले विद्यालय संचालनका लागी नगर शिक्षा शाखाले क्षेत्र भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्वन्धि सवाल पहिचान गरि कार्यायोजना निमार्ण गरिएको र सोही अनुसार कार्यान्वयन गर्ने जानकारी गराउनुभयो ।

ध्यानाकर्षणपत्र बुभ्mदै नगर पालिका उपप्रमुख तथा न्यायिक समितीका संयोजक मन्जु यरीले नगरपालिकाको कार्ययोजनामा क्वारेन्टाइन रहेका विद्यालयमा भएको भौतिक क्षति, जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य सँस्थामा देखिएको उपकरण अभाव लगाएतका समस्याहरुलाई समावेश गरीएकोे बताउनुभयो ।
कार्यक्रमको सहजीकरण इन्सेकको इपीएल परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०७७, बुधबार ११:३४