कभर खबर

  • २३ आश्विन २०७७, शुक्रबार १८:५३

मुद्दै मुद्दाको बीचमा नगर प्रमुख पुनको पहलमा सम्पन्न भयो ४ वर्षमा नाथेखोला पुल

इन्द्र बुढाथाेकी,सल्यान ।
देवस्थल चौरजाहारी सडक खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडान ५ नाथेखोलामा निर्माणाधीन पक्की पुल सम्पन्न भएको छ । २०७३ साल साउनमा सम्झौता गरि २०७४ साल पौष मसान्तसम्म काम सम्पन्न गर्ने भनी सडक डिभिजन कार्यालय दाङ मार्फत जिम्मेवारी पाएको हरिहरी गजुरमुखी जेभिले जग्गा मुआब्जा विवादका कारण मुद्दै मुदा विवादले ४ वर्षामा सम्पन्न गरेको छ । काम सुरु भएको ६ महिनामा ५० प्रतिशत पुल निर्माणको काम गरेको निर्माण कम्पनीले बाकी ५० प्रतिशत काम साढे ३ वर्षामा सम्पन्न गरेको छ । काम सुरु भएको ६ महिना देखि पुल निर्माण कार्यको निम्ति जग्गाको मुआव्जा विवाद सुरु भएपछि काम स्थगित हुँदै सुरु हुँदै स्थगित हुदै सुरु हुँदै गर्दा ४ वर्ष पछि पुलको कामले पुर्णता पाएको छ ।

करिव ४ करोड ७५ लाख लागतमा करसहित ठेक्का सम्झौता भएको थियो । जग्गा विवादले गर्दा समयमा नै पुल निर्माण कार्य पुरा गर्न नसकेको ठेकेदार हरि वहादुर रावतको दुखेसो छ । जग्गाको बाली उब्जनी भदै ८० हजार समेत दिइ सकेका छन । तर जग्गा विवादका कारण आफुले ठुलो क्षेती व्यहोर्नुपरेको बताएका छ । पुल निर्माणका सामान हराउनुका साथै लाखौंको सामान नस्ट भएको र एक जना काम गर्ने कर्माचारी समेत खोलाले बगाउदा उनको अहिले सम्म लास समेत भेटिएको छैन । काम सम्पन्न गरे पनि पैसा भुक्तानी पाउनेमा अझै मुद्दाले गर्दा समस्या हुन्छ कि भनेर थप अर्को चिन्ताले सताएको समेत रावतले बताएका छन । पुल निर्माणका लागि बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले र ५ न वडा अध्यक्ष कमल विक , डिभिजन प्रमुख निरज शाक्य तथा राजनीति दल समाजसेवीले धेरै पटकपटक बिवाद सुल्झाउनको लागि पहल गरे पनि समाधानको उपाए नाअए पछि थप छलफलको लागि भन्दै पुल विवाद समाधानका लागि नगरपालिका, निर्माणाधिन पुल स्थल, जिल्ला प्रशासन कार्यालय सल्यान, पटक पटक छलफल भएपनि अझै समाधान हुन सकेको छैन् । जग्गा मुआव्जाको लागि सरकारी दररेट अनुसार आएको ४६ हजार ५ सय जग्गा धनिले नबुझे पछि झन विवाद मच्चिएको छ । अहिले प्रहरी प्रशासनको सहयोगमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पिडित परिवार भने क्षतीपूर्तीको माग गर्दै प्रहरी प्रशासन देखी अदालत सम्म धाउन थालेको छ । पीडित परिवारले अहिले उच्च अदालत सुर्खेतमा जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ, बनगाड कुपिण्डे नगरपालिका तथा नगर प्रमुख र निर्माण कम्पनीलाई बिपक्षी बनाएर मुद्दा हालेका छन ।

उक्त पुलको काम अघि वढाउनका लागी संघीय सांसद टेकबहादुर वस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद गुलावजंग शाह, नगर प्रमुख गोविन्द कुमार पुन, वडाअध्यक्ष कमल विक, ईलाका प्रहरी कार्यालय सल्लिका इन्चार्ज मिनवहादुर खड्काको भुमिका प्रति स्थानीयले खुसी जनाएका छन् । पुल नहुदा नागरिकले सास्ती व्यहोर्नु परेको थियोे । भदौको पहिलो हप्ता आएको वाढीमा परि पुल निर्माण कार्यमा संलग्न १ जना अझै वेपता रहेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार १८:५३