कभर खबर

  • ३० आश्विन २०७७, शुक्रबार १६:४३

सल्यानमा आफ्नै भाइद्दारा दाइको हत्या

सल्यान ।
सल्यानमा आप्mनै भाइले दाइको हत्या गरेका छन्।जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका –१० थापाचौरा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेको वडा अध्यक्ष मानसिं पुरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी लक्ष्मण वलीका अनुसार २० बर्षिय देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको भनेर जानकारी आएको भएपनि प्रहरी घटनास्थल सम्म पुग्न नसकेका कारण आधिकारिक पुष्टी हुन नसकेको बताउनु भयो ।

मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको स्थानीयले बताएपछि प्रहरी टोली घटना स्थलमा तर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा शुक्रवार स्थानीयले फेला पारे । घटनाका बारेमा प्रहरी घटना स्थलमा पुगेपछि थप वितरण प्राप्त हुने इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार १६:४३