कभर खबर

  • ३० आश्विन २०७७, शुक्रबार १८:५१

न्यायमा पहुच अभिबृद्धी परियोजना अन्र्तर्गत कानुनी सचेतना सम्वन्धि तिनदिने तालीम शुरू

करेश्मा गिरी / सल्यान ।

सिमान्तकृत समुदायका नागरीक, जिल्ला स्थित संस्थाका अगुवा, पत्रकार तथा कानुनी क्षेत्रका ब्यक्तिहरूलाइ कानुनी सचेतना तालीम सल्यानमा सुरू भएको छ । यु.एन.डि पिको सहयोग तथा दलित सेवा संघसंगकाे साझेदारीमा ग्राामिण महिला उत्थान केन्द्रको साझेदारीमा संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्धी परियोजना अन्र्तर्गत ३ दिने कानुनी सचेतना तालीम शुक्रबारदेखी सल्यान खलंगामा सुरू भएको हाे ।

तालिमकाे सहजिकरण गर्दै बार एसोसियसन सल्यानका केन्दीय पार्षद सिपी वलीले हिसां पिडीत ब्यक्तीलाइ न्याय कसरी दिलाउन सकीनछ भन्ने बारे प्रष्ट पार्नु भएको थियो । जिल्लामा अझैपनी बाल बिबाह, बहुबिबाह,अधिकार समाप्ती, नागरीकता, बिबाह दर्ता जस्ता कुराले बिशेष गरी महिलाहरू बढी हिंसामा परेको र त्यसमा सराेकारवालाहरूको भुमिका महत्वपुर्ण हुने समेत उहाँले बताउनु’ भयाे ।

पहिलेको तुलनामा महिलाहरूमा हिसां पिडित महिला न्यायका लागी अग्रसर भएको बताउदै उहाँले सबै महिला पिडीत नहुने र सबै पुरूष दोषि नहुने तथा कुनै पुरूष पनी पिडीत हुनेगरेको उहाँले बताउनुभयाे ।
यस्तैे जिल्ला न्यायधिवक्ता भिमसेन काफ्लेले हिसां पिडीत ब्यक्तीले पाउने न्याय बारे प्रष्ट पार्नुभएको थियो । संबिधानमा तथा कानुना उल्लेख भएका कानुनी सजाय र पिडकले पाउने सजाएबारे पनी प्रष्ट पर्नुभएको थियो । यस्तै हिसां सबै एउटै प्रकारका नहुने भएकाेले हिसांको प्रकार हेरेर सजाए हुने समेत उहाँले प्रष्ट पार्नुभयो ।

उक्त तालीममा जिल्लामा रहेका बिभिन्न संघसस्थामा आबद्ध महिला, पुरूष तथा बिभिन्न मिडियामा आवद्ध पत्रकारको सहभागीता रहेको थियो । सो तालीम आइतबार सम्पन्न हुने ग्रमिण महिला उत्थान केन्द्रकी अध्यक्ष सोबिता बस्नेतले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार १८:५१