सल्यानमा ५५ वर्षीया अशक्त महिलालाइ बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

सल्यान  ।
५५ वर्षीया एक महिलालाइ ०७७ कात्तिक १ गते छत्रेश्वरी गाउँपालिका– ७ तुषारे निवासी ७० वर्षीय टोप बहादुर रानाले बलात्कार गरेको आरोपमा सोही दिन प्रहरीले पक्राउ गरेको छ ।
छत्रेश्वरी गाउँपालिका निवासी बोल्न नसक्ने पीडित महिलालाई घर नजिकै आरोपितले बलात्कार गरेको पीडितका आफन्तले देखे पछि प्रहरीलाइ खबर गरेका हुन् ।

सुचना प्राप्त हुन साथ आरोपितलाय घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर लक्ष्मण ओलीले जानकारी दिनुभयो ।
पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । पीडित महिलालाइ इन्सेकको पहलमा जिल्ला स्थित सुरक्षित आवास गृहमा राखियाे ।

पीडित महिलाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा कात्तिक १ गते राती गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो । हाल आरोपितलाइ हिरासतमा राखेर थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७७, आईतवार १४:१३