
सल्यान ।
सल्यानमा ६ वर्षीया बालिकालाइ बलात्कार गरि फरार रहेका अपराधीलाइ प्रहरीले पक्राउ गरेको छ । कालिमाटी गाउँपालिका – २ निवासी २९ वर्षीय नारायण प्रसाद कंडेललाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२०६५ चैत्रमा बलात्कार गरेर फरार रहेका कंडेललाइ घटना भएको १२ बर्ष पछी कात्तिक ३ गते कालिमाटी गाउँपालिका बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
सर्बोच्च अदालतले गरेको २०७४ चैत ६ गतेको फैसलामा निजलाई २ बर्ष ६ महिना कैद तोकिएको छ । बडादशैंको बिदा भई अदालत बन्द भएकाले हाल कानुन बमोजिम जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको प्रवक्ता वलीले बताउनुभयो ।
प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार २०:११