कभर खबर

  • ७ कार्तिक २०७७, शुक्रबार १६:५६

कपुरकोट गाउँपालिका द्वारा आइसोलेसनमा अक्सिजनको व्यवस्था, बिदामा पनि स्वास्थ्यकर्मीहरु परिचालन

सल्यान– कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाइ कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै सल्यानको कपुरकोट गाउंपालिकाले अक्सिजनको व्यवस्था गरेको छ । वडा नम्बर ४ स्थित किमुचौर आइसोलेसन सेन्टरमा अक्सिजनको व्यवस्था गरिएको गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए । ५ वटा आइसोलेसन कक्षको ५० वेडमा नै सुविधा पुग्ने गरि अक्सिजनको व्यवस्था गरिएको हो । १५० प्रेसर क्षमताको ५ वटा अज्सिजन सिलिन्डर जडान गरिएको छ । ´संक्रमितलाइ अक्सिजन अभाव हुन सक्ने, छातिको समस्या हुन सक्ने भएकाले हामिले यसतर्फ ध्यान दिएका हौं, अध्यक्ष सेनले भने, ´शरिरमा अक्सिजनको मात्रा नाप्ने उपकरण र अक्सिजन सिलिन्डरको व्यवस्था गाउंपालिकाले गरेको हो ।

हाल किमुचौर आइसोलेसन सेन्टरमा २ जना बाल बालिका सहित १३ जना रहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रत्यक्ष स्वास्थ्यकर्मिहरुको निगरानिमा रहेको कपुरकोट गाउंपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । सार्वजनिक विदाको बेलामा पनि आफुहरु आइसोलेसन सेन्टर संचालन, व्यवस्थापन र कोरोना नियन्त्रणका विभिन्न काममा सक्रिय रहेको उनले बताए ।

प्रकाशित मिति: ७ कार्तिक २०७७, शुक्रबार १६:५६