कभर खबर

  • १८ कार्तिक २०७७, मंगलवार २१:१६

सल्यानमा दुबै मृगौला पीडीत महिलालाइ नेपाली सेनाद्धरा रक्तदान

करेश्मा गिरी / सल्यान ।

सल्यान अस्पतालमा उपचार गराइ रहेकी एक महिलालाइ नेपाली सेनाका तीन जवनले रक्तदान गरेका छन् । दुबै मृगौलाले काम गर्न छाेडेका र  शरिरमा रगतको मात्रा निकै कम भएपछी सबुजगन सिमखर्क सल्यानमा कार्यरत तीनजना नेपाली सेनाले रक्तदान गरेका हुन ।

कपुरकोट गाँउपालीका वडा नं ५ घर भएकी ३५ बर्षीय गोेमा पुनलाइ सबुजगन सिमखर्क सल्यानमा कार्यरत सेनानी किरण बुढामगर, मिलन राइ र गोकर्ण खड्काले एक,एक पौण्ड गरी तीन पौण्ड व पोजेटिभ रगत दिएको जिल्ला स्वस्थ्य कार्यलय सल्यानले जनाएको छ ।

नेपाली सेनाले अस्पतालमा उपचारार्थ बिरामीहरुलाइ रगतको अभाब हन नदिन निरन्तर रुपमा रक्तदान गर्दै आएको छ । आगामी दिनमा पनी आवश्यक परेमा रक्तदान गर्न सदैब तयार रहेको सबुजगन सिमखर्कले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलवार २१:१६