कभर खबर

  • २७ कार्तिक २०७७, बिहीबार ०८:३१

श्रीनगर स्थित शारदा नदिमा पक्की पुल निर्माण हुने

सल्यान ।

जिल्लाको प्रमुख ब्यापारिक केन्द्र शारदा नगरपालिका १ र शारदा नगरपालिका वडा नम्बर १२ र १३ तथा छत्रेश्वरी गाउँपालिकालाई जोड्ने गरी पुल निर्माण हुने भएको हो ।लामो समयको प्रयास पछि सल्यानको शारदा नगरपालिका १ श्रीनगर स्थित शारदा नदिमा पक्की पुल निर्माण हुने भएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरबाट शारदा नगरपालिका वडा नम्बर १२ र १३ मुलडाँडा, स्यानिखाल हुदैँ छत्रेश्वरी गाउँपालिका जोड्ने गरी शारदा नदिमा पुल निर्माण हुने जानकारी दिनुभयो छ  ।

‘स्थानिय स्तरमा उत्पादित कृषिजन्य तथा पशुजन्य लगाएतका उत्पादनलाई जिल्लाको मुख्य वजार श्रीनगरमा लैजानको लागी यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ’ मन्त्री ज्वालाले भन्नुभयो ‘सबै निकायको पहलबाट पुल निर्माणको लागी प्रक्रिया अगाडी बढेको छ, अब यसलाई गुणस्तरीय र छिटो काम सम्पन्न गर्नको लागी सबै क्षेत्र लाग्नुपर्दछ ।

पुल निर्माणका लागी सडक डिभिजन कार्यालयले रु. १५ करोड २७ लाखमा टेण्डर आह्वान्न गरेको छ । जसले गर्दा पुल निर्माण हुने निश्चित भएको छ । विगत लामो समय देखी पुल निर्माणको लागी पहल गर्दै आएको र वजेट विनियोजन भएर अहिले पुल निर्माणको लागी टेण्डर प्रक्रिया अगाडी बढेको सल्यान प्रदेश सभा ख बाट निर्वाचित, कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहीबार ०८:३१