
सल्यान ।
सल्यानमा एक वडाध्यक्ष घरमा दुइ श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरि फरार भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –९ का ५२ वर्षीय वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै गौरी बोहरालाई भगाएर बहु विवाह गरि सम्पर्क बिहिन बनेका छन् ।
यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले बहु विवाह गरेको थाहा पाएपछि दुबैजनालाइ थुनेर राखेको खबर प्रहरीलाइ आएपछि तत्काल घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनुभयो । तर प्रहरी घटनास्थलमा पुग्दा दुबै जना त्यहाँबाट भागी सकेका रहेछन,हामीलाइ जानकारी आए अनुसार त्यहाँ कसैलाइ नभेटेपछि हाम्रो टिम फिर्ता भयो,उहाँले भन्नुभयो ।
बहुविवाहको केसमा पहिलो पत्नीले प्रहरीमा जाहेरी दिनु पर्ने हुन्छ,डिएसपी थापाले भन्नुभयो ,तर वडा अध्यक्षको केसमा यस अघिका दुबै विवाह आधिकारिक रुपमा विवाह दर्ता भएका रहेछन् । त्यसैले दुबै पत्नीमध्ये जुनसुकैले पनि बहु विवाहको जाहेरी दिन सक्नुहुन्छ । उहाँहरुले जाहेरी दिएपछि हामीलाइ पनि मुद्दा अघी बढाउन सजिलो हुने थियो,उहाँले थप्नुभयो ।
वडा अध्यक्षका पहिलो श्रीमतीबाट दुई छोरी र दोस्री श्रीमतीबाट दुई छोरा छन् भने अहिले भगाएर लगेकी महिलाका ५बच्चाबच्ची छन् ।स्थानीयका अनुसार पहिलेदेखि उनीहरु विचमा पे्रम सम्बन्ध थियो ।लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ ।
उता गौरीको श्रीमान् नोखिराम वोहराले भने अहिले न्यायको लागि भौतारी रहेको बताएका छन् । श्रीमती परपुरुषसँग भागेपछि अब नावालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठुलो चिन्ता बढेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार १६:५५