लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बनगाड कुपिण्डे नगरपालिका देवस्थलमा औपचारिक रुपमा उद्घाटन

इन्द्र बुढाथोकी / सल्यान ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नगरपालिकाको कार्यालय देवस्थलमा दिप प्रज्वलन गरि भब्य रुपमा बुधबारदेखि औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ बनगाड कुपिण्डे नगरपालिकाले आयोजना गरेको छ । नगरपालिका सम्पुर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य प्रमुख प्रशासकीय अधिकृत मोहन खडकाले गर्नु भएको थियो ।

बुधबार औपचारिक रुपमा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो । दिप प्रज्व्लनमा बिषयगत शाखा प्रमुख तथा सम्पुर्ण नगरपालिका कर्मचारीहरुको सहभागिता रहेको थियो । लैङ्गिक हिसा विरुद्धको दोश्रो दिन बिहिवार बजारका मुख्य चोकहरुमा व्यानर टासने लैगिक हिसा विरुद्धका सचेतनामुलक कार्यक्रम गरिने बताएको छ ।

कार्यक्रममा लक्ष्मी शाहीले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख निरु शाहिले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार ०७:५५