Kareshma Giri

  • ११ मंसिर २०७७, बिहीबार २०:४०

सल्यानकी ब्रेनट्युमर पिडित दिपा कवरलाइ युवाहरुले जुटाए उपचार खर्च

करेश्मा गिरी,सल्यान ।
सल्यानको एक क्लबले एक ब्रेनट्युमर पिडित महिलालाइ सहयोग रकम संकलन  गरीएको छ । जिल्लाको शारदा नगरपालीका वडा नम्बर १० भंगारचौर निवसी ३५ बर्षिया दिपा कवरलाइ बिहिवार एक कार्यक्रमका बिच २४ हजार एक सय पाँच रुपैया संकलन गरिएको हो ।

शारदा नगरपालीका वडा नम्बर १० र वडा नम्बर ८ मा पर्ने प्रत्यक घरबाट जम्मा भएको सो रकम संकलन गरेर युथ अफ सल्यानका अध्यक्ष अनिल भन्डारीले हस्तान्तरण  गरीएकोे युथ अफ सल्यान अन्र्तगतको वडा स्तरीय युवा क्लवका अध्यक्ष नरेन्द्रराज थापाले जानकारी दिनु भयो ।उहाँले भन्न्नुभयो,लामो समय देखी बिरामि दिपा कवरलाइ सहयोग  रकम संकलन गर्न पाउदा खुसी लागेको छ ।साथै युथ अफ सल्यानका अध्यक्ष अनिल भन्डारी मार्फत काठमाडाैंमा उपचार गराइरहनुभएकी दिपा कवरलाइ साे रकम पुर्याउने समेत उहाँले जानकारी दीनुभएकाे छ । यस्तै उहाँले भन्नुभयाे हाम्रो सानो सहयोगले बिरामी कवरकाे उपचारको निम्ति केही सहयोग पुग्ने बिश्वस हामि सबैले राखेका छौ ।

यस क्लबले बिगतदेखीनै यस्ता सामाज सेवाका कार्यमा अग्रसर भएर लागेको र आउने दिनमा पनि सामाज सेवामा अग्रसर भएर लाग्ने समेत अध्यक्ष थापाले  बताउनुभएको छ ।यस  युथ अफ सल्यान अन्र्तगतको वडा स्तरीय युवा क्लवका अन्र्तगत शारदा नगरपालीका वडा नं १० मा ३५ जना सदस्याहरु रहेका छन् ।

 

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार २०:४०