कभर खबर

  • १२ मंसिर २०७७, शुक्रबार १५:५६

कपुरकोट गाउँपालिकाले चिन्ह वा लक्षण देखिएकाहरुलाइ पिसिआर परिक्षण गर्न बोलायो

सल्यान .

चिन्ह,लक्षण देखिएका वा कोरोना भाइरसको संका लागेका व्यक्तिहरुलाइ पिसिआर परिक्षणका लागि स्वाब दिन सल्यानको कपुरकोट गाउंपालिकाले अनुरोध गरेको छ । कोरोना भाइरसबाट नागरिकहरुलाइ सुरक्षित राख्न सुरु देखि नै विभिन्न कदमहरु चाल्दै आएको जनाउदै गाउंपालिकाले कोरोना भाइरसको संका लागेकाहरुलाइ स्वाब दिन आग्रह गरेको हो ।

शनिबार बिहान साढे सात बजेदेखी धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा स्वाब संकलन गरिने गाउंपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण दाहालले जानकारी दिनुभयाे । गाउंपालिकाले कोरोना विरुद्धको अभियान र परिक्षणको दायरा बढाउदै आएको जनाउदै उनले फेरि पनि समुदायस्तरमा कोरोना परिक्षण गर्न लागिएको बताउनुभयाे ।

तर चिन्ह वा लक्षण देखिएका व्यक्तिहरुलाइ मात्र स्वाब दिन उनको आग्रह छ । स्वास्थ्य सतर्कता अपनाउन नागरिकहरुलाइ आग्रह गर्दै कपुरकोट गाउंपालिकाले सचेतनाका कृयाकलापहरु निरन्तर संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार १५:५६