कभर खबर

  • १२ मंसिर २०७७, शुक्रबार १६:३६

सल्यानमा पैसाको प्रलोभन देखाइ महिला बलात्कारका आरोपित प्रहरी नियन्त्रणमा

सल्यान ।
२२ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वलीलाइ प्रहरीले बिहिवार गिरफ्तार गरेको छ ।

दार्मा गाउँपालिका – ३ मा भाँडा पसल गर्दै आएका आरोपितले पीडित महिलालाइ आर्थिक प्रलोभनमा पारी ०७७ असार २७ गते बलात्कार गरेको उजुरीको आधारमा आरोपितलाइ गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितका अनुसार आफुलाइ पटक पटक बलात्कार गर्दै आरोपितले घटना बारे कसैलाइ भनेमा ज्यान मार्ने धम्की दिएको र पछि गर्भ रहेको सासु आमाले थाहा पाएपछि घटना बाहिर आएको हो ।

आर्थिक अवस्था कमजोर भएकी पीडितका पति रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।पीडितको स्वास्थ्य परिक्षण जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरियाे ।

आरोपितलाइ अदालतबाट १५ दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्षमण वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार १६:३६