
सल्यान ।
जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षकाे बहु विवाह बारे प्रहरीकै रोहबरमा केशलाई मिलापत्र गराईएको भन्ने भ्रामक समाचार सम्प्रेषण गरेको प्रति जिल्ला प्रहरी कार्यालय सल्यानले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
कतिपय अनलाइन मिडियाले आधारहीन, प्रमाण विहिन, कपोकल्पित र बनावटी समाचार सम्प्रेषण गरी समाजमा भ्रम सृजना गरेको र प्रहरीकै रोहबरमा बहुविवाह सम्बन्धी एक केशलाई मिलापत्र गराईएको भन्ने समाचार
सरारस गलत भएकाे भन्दै अाफ्नाे ध्यानाकर्षण भएकाे जिल्ला प्रहरी कार्यालयले एक सुचना जारी गर्दै
जनाएकाे छ ।
कुनैपनि फौजदारी मुद्दाको मिलापत्र गर्ने क्षेत्राधिकार प्रहरीको नभएको र प्रहरीले आफ्नो व्यवसायिकता विपरित हुनेगरी कुनैपनि मिलापत्र नगराउनेमा समेत प्रस्ट हुन आग्रह गरेकाे प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिनुभयाे ।
बहुविवाह गरेको भनी प्रहरीमा कुनै पनि उजुरी कोही कसैले हालसम्म पनि नदिएको र फौजदारी अपराध सम्बन्धी जाहेरी दरखास्त आएमा प्रहरीले कानुन बमोजिम कारवाही गर्ने उहाँले बताउनु भयाे ।
सुचनामा भनिएकाे छ प्रहरीले आफ्नो नियमित रूपमा संचालन गर्ने गरेका गतिविधिका तस्बिरलाई गलत ढंगले प्रयोग गरिएको घटनाले प्रहरी- मीडिया बिच अविश्वास सृजना गरेको छ। कुनै पनि आपराधिक गतिविधि भए गरेको सूचना प्राप्त भएमा त्यसको जानकारी दिनुहुन सम्पूर्ण जिम्मेवार नागरिक, मिडियाकर्मी, सबै शुभचिन्तक हरुप्रति आग्रह गर्दछौं ।
प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार १७:१४