Kareshma Giri

  • १३ मंसिर २०७७, शनिबार ०८:५७

अदुवाले मुल्य नपाउदा कृषक चिन्तीत

करेश्मा गिरी ,सल्यान ।
सल्यान अदुवाका लागि प्रख्यात जिल्ला मानिन्छ ।अदुवाको पकेट क्षेत्र मानीने सल्यानको शारदा नगरपालीका १४ माल्नेटा ढारखाानीका किसानहरू अहिले अदुवा खन्न ब्यस्त भएका छन् । तरपनी सोचे अनुसारको भाउ नपाउदा किसानहरु चिन्तीत बनेका छन् ।
नगदे बालीको रुपमा रहेकोे अदुवा गत बर्ष ६ हजार रुपैया क्वीन्टलको दरले बेचेको र अहिले भने त्यसको आधा मुल्यमा बेच्न बाध्य भएको स्थानीय कृषककाे भनाइ छ । काम अनुसारको उत्पादन भएतापनी उचित मुल्य पाउन नसक्दा अदुवा खेती गर्ने उत्साहमा कमि आउने सम्भावना रहेको स्थानीय कृषक हेमराज गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो ढारखानीमा उत्पादन भएको अदुवा पश्चिम नेपालको ठूलो बजार नेपालगञ्ज, भारतमा समेत निकासी हुने गरेको छ तर यो बर्ष काेरोना रोकथामको निम्ती अपनाएको लकडाउनको कारणले होला यो बर्ष त अदुवाको मुल्य निकै कम छ,के गर्नु त्यसै कुहिनु भन्दा कम मुल्यमा भएपनी अदुवा बच्नै पर्ने बाध्य छौ ।

ढारखानीमा उत्पादन भएको अदुवा नेपालको ठूलो साना बजार बजार नेपालगञ्ज, भारतमा समेत निकासी हुने गरेको छ । अदुवा पहाडी जिल्लामा फल्ने नगदे बाली भएकाले पनि यसको खेती सल्यानमा गरिन्छ । नेपालमा मात्र नभएर विश्वभर नै ढारखानीको अदुवा उत्कृष्ट मानिन्छ ।

 खासगरी अदुवाको खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। अदुवाकोे पकेट क्षेत्र मानिने माल्नेटा त्याँहाको अदुवा गानो रेशादार हुनेभएकेले ढारखाानी अदुवा उत्पादनको निम्ती प्रख्यात मानिन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार ०८:५७