
इन्द्र बुढाथोकी /सल्यान ।
२० सल्यानको बनगाड कुपिण्डे नगरपालिका सल्लीबजारमा बिहिवार २९ औं अन्तरास्ट्रिय अपांग दिवस भव्य मनाइएको छ । अपांगलाई माया गरौ ,अपांगलाई सम्मान गरौँ ,अपांगहरुको कोटा सुनिश्चित गरौं भन्ने मुल नाराका बजारमा र्याली सहित मनाएको छ । बनगाड कुपिण्डे नगरपालिका महिला बालबालिका तथा सामाजिक विकास महाशाखा, कार्यक्रमको आयोजना गरिएको थियो ।
बनगाड कुपिण्डे नगरपालिकाको उप प्रमुख मन्जु यरिको अध्यक्षतामा भएको कार्यक्रममा अपांग संजाल बनगाड कुपिण्डे नगरपालिका अध्यक्ष जनक सिंह , श्रीष्टी शाह, सुआरा प्रतिनिधि सुकलाल परियार लगाएतले मन्तव्य राखेको थिए भने कार्यक्रमको सन्चालन महिला तथा बालबालिका शाखा प्रमुख निरु शाहिले गर्नुभएकाे थियाे ।
कार्यक्रममा बोल्नेहरूले अपाङ्गता भएकाहरूको विषयमा गम्भीर बन्न स्थानीय निकायलाई अनुरोध गरेका थिए । अपाङ्गमैत्री भवन निर्माण, अपाङ्गता भएकाहरूलाई सीपमूलक तालिम, सहायक सामग्रीको व्यवस्था, उनीहरूको पुनस्र्थापना,आयआर्जनका कार्यक्रममा सवालमा स्थानीय तहले कार्यक्रमहरू ल्याउन सुझाव थियो ।
अपांग भएको व्यक्तिहरुको लागि आफुले सक्दो सहयोग गर्ने अपांग भएका व्यक्तिहरुलाइ सबैले सहयोग गर्नु पर्ने र सपाङ्ग जस्तै व्यबहार गर्नु पर्नेमा नगर उप प्रमुख यरिले बताउनु भएको छ । जो सुकै व्यक्ती जुन अवस्थामा पनि अपांग हुन सक्ने भएकोले अपांगलाई माया गर्नु पर्ने बताउनु भएको छ ।
प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार १२:५७