सिमान्तकृत तथा विपन्न परिवारलाइ कानुनको बारेमा जानकारी दिन आवश्यक रहेको सराेकारवालाकाे भनाइ

सल्यान ।

न्यायमा पहुँच परियोजना अन्तर्गत सुलभ,दुर्त तथा गुणस्तरीय न्यायिक सेवा प्रवाहका लागी स्थानीय संवाद कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ ।युनडीपीको आर्थिक सहयो तथा दलित विकास समाज सल्यानको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरु संग अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सहभागीहरुले  सुलभ र द्रुत तथा गुणस्तीय रुपमा पीडितले न्याय पाउने समस्या भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शारदा नगरपालिका उप्रमुख तथा न्यायिक समितीका अध्यक्ष साबित्रा बस्नेतले कानुन बुझाउन जरुरी रहेका वर्गसंग अन्तरक्रिया आवश्यक रहेको बताउनुभएको छ । सिमान्तकृत तथा विपन्न परिवारलाइ कानुनको बारेमा जानकारी दिन आवश्कय रहेको, न्यायिक समीतीले समेत चाहेर पनि प्रभावकारी ढंगबाट न्याय सम्पादन गर्न नसकेको बताउनुभएको छ । यस्तै कानुनी सल्लाहकार,उजुरी प्रशासकहरुको अभावमा न्याय प्रकृयामा समस्या भएको भन्दै अन्यायमा परेको महसुस भएको समेत उहाँले बताउनु भयाे ।

कार्यक्रममा सरकारी वकील कार्यालयका न्यायाधिवक्ता भिमसेन काफ्लेले न्याय सम्बन्धी हक र फौजदारी कानुनका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले न्यायमा पहुँच परियोजना जिल्लाको दुइ पालिका कपुरकोट र त्रिवेणीमा संचालन भएको बताउनुभयो । उहाँले छोटो समयका लागी संचालित यस परियोजनाले दलित,गरिब,विपन्न र पिछडिएका वर्गलाइ छिटो छरितो र सुलभ न्यायमा पहुँच पुर्याउने विश्वास व्यक्त गर्नुभयो । यस अभियानलाइ सफल बनाउन जिल्लाका सरोकारवालाहरु मानवअधिकारकर्मी,पत्रकार, प्रहरी,वकील लगायतको सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एशोसएिशनका जिल्ला अध्यक्ष लाल बहादुर रावत, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वली,अधिवक्ता सिपी वली,अधिकारकर्मी रामचन्द्र रेग्मी, वैतनिक वकील गिर्दल बोहरा,इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकी,महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सोविता बस्नेत पत्रकार दिपक शर्मा लगायतकाले बोल्नु भएको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार १६:५१