१५ दिनभित्र प्रगति विवरण बुझाउन कपुरकाेट गाउँपालिकाकाे कर्मचारीलाइ निर्देशन

सल्यान, २२ मंशिर ।

उच्च मनोबलका साथ काम गरी जन आवश्यकताको छिटो तथा छरितो रुपमा सम्बोधन गर्न कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष भिम बहादुर सेनले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमबार कर्मचारी बैठकमा विशेष उपस्थिति जनाउदै उनले सबै कर्मचारी हरुलाई नियम संगत रुपमा काम गर्न निर्देशन दिएका हुन् । यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले कुनै पनि जनगुनासो नआउने गरी पारदर्शी ढंगले काम गर्न कर्मचारीहरुलाई सुझाव प्रदान गरिन् ।

बैठकमा कोरोना भाइरसबाट संक्रमीत भएकोमा उक्त भाइरसबाट मुक्त भएर नियमित काम र जनसेवामा फर्किएका गाउँपालिका अध्यक्ष सेनलाई बधाई संगै स्वागत गरिएको थियो । यस्तै गाउँपालिकाको सम्पूर्ण आर्थिक तथा प्रशासनिक कार्य गर्नेगरी जिम्मेवारी पाएका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालज्युलाई पनि स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

बैठकमा आ आफ्नो शाखाबाट भएका प्रगति तथा कार्यसम्पादनमा भएका समस्याहरु शाखा प्रमुखहरुले अवगत गराएका थिए । सम्पूर्ण वडा तथा विषयगत शाखाबाट ७ देखी १५ दिन भित्र प्रगति विवरण बुझाउन, भएका भौतिक तथा वित्तिय प्रगतिहरुको विवरण तयार गर्न नि. प्रमुख प्रसासकिय अधिकृत दाहालले सबै शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

यसैवीच कपुरकोट गाउँपालिकामा स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुखहरुलाइ दुई दिने आपुर्ती व्यवस्थापन सुचना प्रणाली ( एलएमआइएस ) तालिम प्रदान गरिएको छ । आइतबार देखि सुरु भएको तालिमको सोमबार गाउंपालिका अध्यक्ष सेनले समापन गरेका थिए । कार्यक्रममा गाउंपालिका उपाध्यक्ष मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत दाहाल, जिन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा आपूर्ति व्यवस्थापन सम्बन्धी प्रशिक्षण सुवाश हमालले दिएका थिए ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार १९:५३