नागरिक केन्द्रित विकास अवधारणाका लागी त्रिवेणीमा कार्यशाला गोष्ठी शुरु

सल्यान, २२ मंशिर ।

सल्यानको त्रिवेणी गाउँपालिकामा नागरिक केन्द्रित विकास अवधारणाका लागि प्रशंसा सहितको कार्यशाला गोष्ठी सोमबार देखी शुरु भएको छ । जनप्रतिनिधी, कर्मचारी, नागरिक समाजका अगुवा र सामुदायिक समुहका सदस्यहरुका लागि तीन दिने तालिम शुरु भएको हो ।

जनप्रतिनिधी, कर्मचारी, नागरिक समाजका अगुवा र सामुदायिक समुहका सदस्यहरुका विच विकासका सन्दर्भमा साझा बुझाई निर्माण गर्न भन्दै सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिममा स्थानीय तहमा सम्पन्न हुदै आएका विकास प्रकृया, कार्यविधिहरु एवं परिमाणको समिक्षा संगै विकासका आयामहरु, दिगो विकास एवं नागरिक केन्द्रित विकास अवधारण बारे छलफल गरिने कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारी दिए ।

तालिमबाट स्थानीय श्रोतको पहिचान, परिचालन, उपयोग र संरक्षणका लागि सबै पक्षको भूमिकाको खोजि गर्ने र योजनाबद्ध विकास, सामुदायिक सुशासन, सक्षम एवं जवाफदेही स्थानीय सरकार संचालनका मान्यताहरुको विकास हुने अपेक्षा राखिएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षता तथा दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको स्वागत मन्तब्यबाट शुरु गरिएको गोष्ठी बुधबार सम्पन्न हुने छ । नागरिकहरुको जीवन सहज बनाउनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताको परिपूर्ति र आधारभूत मानव अधिकारको सुनिश्चितता मार्पmत स्थानीय सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउनु अहिलेको आवशयकता रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

नागरिकहरुको अर्थपूर्ण सहभागिता, स्वामित्व तथा स्थानीय ज्ञान, सीप, क्षमता तथा श्रोतहरुको पहिचान, परिचालन र संरक्षणका माध्यमवाट नागरिक सचेतनाको अभिवृद्धि, नागरिक कर्तब्यको पालना तथा सुशासित स्थानीय सरकारको बीचमा असल सम्वन्ध र सहकार्य कसरि स्थापना गर्न सकिन्छ भन्ने बारेमा गोष्ठीमा अन्तरक्रिया गरिने छ ।

निर्वाचित जनप्रतिनिधिहरुको धारणागत ब्यवहारमा परिवर्तन गर्दै आवश्यक योजना निर्माण तथा कार्यान्वयन सीप र सिमान्तकृत तथा छेउ पारिएका नागरिकहरुलाई स्थानीय सरकारका सेवा सुविधाहरु माथिको पहुंच स्थापित गर्नका लागि नागरिक केन्द्रित विकास आवश्यक रहेकोमा उद्घाटन कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

त्रिवेणी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधी, कर्मचारी, नागरिक समाजका अगुवा र सामुदायिक समुहका सदस्यहरु सहभागी छन् । कार्यशाला गोष्ठीको सहजीकरण सहकर्मी समाजका क्षमता अभिबृद्धी सहजकर्ता घनशयाम आचार्य र सुशासनमा नागरिक सहभागिता कार्यक्रमका कार्यक्रम संयोजक हरि प्रसाद उपाध्यायले गरिरहेका छन् ।

यूरोपियन यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौ, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौ र तेरदे जोम फाउन्डेसन काठमाण्डौको संयुक्त आयोजनामा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाले कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार २०:१२