सल्यानमा मानवअधिकार तथा  लैंगिक हिंसाको अवस्था सम्बन्धी कार्यशाला सम्पन्न

सल्यान ।

मानब अधिकार एंव १६ दिने  लैंगिक हिंसाको अबस्था सम्बन्धी जिल्ला स्तरिय कार्यशाला मंगलबार सल्यानको खलगाँमा सम्पन्न भएको छ  ।शान्तीका लागी शुसासन अभियान काेक्यापकाे अार्थिक सहयाेग तथा  दलित विकास समाज सल्यानले आयोजना सम्पन्न कार्यक्रममा लैंगिक हिंसा यसको असर र न्युनीकरण, यसको प्रकार ,यसका स्वरुपहरुको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सावित्रा वस्नेतले महिला हिसां न्यूनिकरणका लागि पुरुषहरुको पनि योगदान आवश्यक हुने बताउनुभयाे । महिला हिंसा अन्त्य गर्नका लागि महिलाको एकल प्रयासबाट मात्र सम्भव नहुने बताउँदै बस्नेतले महिला पुरुष दुवैको सहकार्य हुन जरुरी रहेको दावी गर्नुभयाे। आय आर्जन र उत्पादन वढाएर महिला शसत्तिकरण गर्न सरोकारवालाले लगानी वढाउनु पर्ने उहाँको भनाई थियाे ।

कार्यक्रममा इन्सेक प्रतिनीधि मिना बुढाथोकीले सहजिकरण गरेकाे कार्यक्रममा बाेल्दै संस्थाका अध्यक्ष निम बहादुर नेपालीले कुनै पनि बहानामा विभेद भेदवाव गर्न नहुनेमा जाेड दिनु भएकाे थियाे । उहाँले भन्नुभयाे जब सम्म मानिसले मानिस भएर एक अर्काकाे महत्व बुझ्दैन तब सम्म धनी गरिब,जातपात,महिला पुरूष, कालाे गाेराे भनेर भइ रहेका विभेदकाे अन्तेय गर्न सम्भव हुँदैन । उहाँले अधिकारकाे संगै कर्तव्यकाे पनि निर्वाह गर्नु पर्ने बताउनु भयाे ।

कार्यक्रमकाे संचालन गर्दै दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले  तल्लाे स्तर सम्म चेतनाकाे विस्तार अावश्यक रहेकाे बताउनुभयाे । उहाँले  लिंगका अाधारमा कसैले कसैलाइ भेदभाव गर्न नहुने कुरामा जाेड दिनुभयाे ।

 कार्यक्रममा बाेल्दै शारदा नगरपालिका महिला सदस्यले अापुफले राजनितक यात्रा शुरू गरेपनि महिलाहरूका लागी ठाेस याेजना बनाएर काम गर्न नसकेकाे बताएका थिए ।कार्यक्रममा जनप्रतिनीधि ,महिला अधिकारकर्मी ,प्रहरी महिला सेल र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलवार २०:१४