शुद्ध खानेपानी बाट कसैलाइ वन्चित हुन दिंदैनाैः मन्त्री ज्वाला

सल्यान ।

कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले खानेपानी आधारभुत आवश्यकता भएको बताउँदै यस तर्फ सबैकाे ध्यान पुग्न अावश्यक रहेकाे बताउनुभयाे ।शुद्ध खानेपानी बाट काेही पनि वन्चित हुन नहुने बताउँदै उहाँले भन्नुभयाे,पानी नभए बस्ती हुँदैन, बस्ती नभए अरुकेही पनि नहुने भएकाले आधारभुत आवश्यकता पुरा गर्न तिनै तहका सरकारको ध्यान पुग्न जरूरी छ।


अाइतबार सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको जयतपानीमा लिफ्ट सिस्टमबाट संचालित खानेपानी धाराको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथीको आसन बाट बोल्दै मन्त्री ज्वलाले नगरपालिकाका अन्य स्थानमा जहाँ खानेपानीको समस्या छ त्यस समस्यालाइ समाधान गर्न स्थानीय सरकार संग समन्वय र सहकार्य गरेर लाग्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
यहाँ प्रकृति र प्रविधीको मिलन भएको छ,उहाँले भन्नुभयो,प्रकृतिले हामीलाइ पानी दिएपनि डाँडामा पानी थिएन, त्यसैले प्रविधिको प्रयोग गरेर लिप्mट सिस्टमबाट पानी ल्याउन सफल भएका छौं ।
स्थानीयको अथक मेहनतले समेत यस योजनालाइ सपल बनाउन ठुलो योगदान पुर्याएको बताउँदै उहाँले भन्नुभयो,आवश्यकताका योजनामा उपभोक्ताको सक्रिय सहभागिता जनाएर योजना सफल बनाउने सबैलाइ बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।


यस योजना सम्पन्न गर्न प्रदेश सरकारबाट ६७ लाख रकम विनियोजन भएको थियो भने स्तानीयले करिब १० लाख बराबरको श्रमदान थिए ।
खानेपानीको सहज आपुर्ती भएपछि स्थानीय उपभोक्ता धुर्व नेपाालीले खुशी हुँदै भन्नुभयो,तलबाट माथि आएर यसरी पानिको धारा छर्किन्छ भनेर सोचेका पनि थियनौ,यसका लागि पहल गर्दिने अर्थ मन्त्री लाई धन्यवाद ।
केही समय अघि प्रदेश सरकार संग गरेको अपेक्षा आज पुरा भएको बताउँदै अर्का उपभोक्ता लोकेन्द बहादुर बुढाथोकीले जयतपानि बजारमा कतैबाट खानेपानि आउला भनेर सपना समेत नदेखेको ठाउँमा आज खानेपानी आएपछि स्थानीयलाइ सहज हुने भयो । दिउँसो मात्रै नभइ रातको समयमा समेत पानी बोक्न्ुपर्ने अवस्थाको अन्त्य भएको छ,उहाँले भन्नुभयो ।

प्रतिभा मावि जयतपानीका अध्यक्ष रिम बहादुर बुढाथोकीले प्रकृतिले ठगेको डाँडामा प्रविधिको माध्यमबाट गरिएको यो काम विगतका काम भन्दा फरक र उत्कृष्ट भएको बताउनुभयो । दिपक कुमार यरी हाम्रा पुर्खा कसैफे पनि कल्पना नगरेको स्थानमा समेत लिफ्ट सिस्टमबाट प्रदेश सरकारले गरेको कामको प्रशंसा गर्नुभयो ।राति ४ बजेर उठेर गाग्री बोक्ने र व्यापारिले व्यवसाय बन्द गरेर पानी बोक्ने कामको अन्त्य भएको बताउँदै प्रदेश सरकारलाइ धन्यवाद व्यक्त गर्नुभयो ।

उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर डाँगीले डेढ वर्ष अघिदेखि शुरुवात गरेको काम समयमै सम्पन्न गर्न सफल भएको बताउनुभयो । बजारलाइ लक्षित गरि शुरुवात गरेको यस खानेपानीका धारा अहिले टोल टोलमा निर्माण गरिएको बताउनुभयो । यस योजनाबाट यहाँका ८२ घरधुरी लाभान्वित भएका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार १७:५३