त्रिवेणीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

सल्यान- सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक सल्यानको त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा दलित विकास समाजले सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सन २०२० मा संचालन गरेका गतिविधिहरुको समिक्षा गरिएको थियो । यस कार्यक्रम अन्तर्गत समुदायमा रहेका दालित, महिला, युवा, बालबालिका र जनजातीहरुको सहभागितामा सकारात्मक प्रभाव पारेको सहभागिहरुले बताएका थिए ।

सो अवसरमा अध्यक्ष डाँगीले स्थानीय तहका नागरकिहरुका गुनासा तथा सुझावहरुलाई संस्था मार्फत पनि गाउँपालिकामा राख्न अनुरोध गरे । उनले संस्थाले आगामी दिनमा गतिविधिहरु संचालन गर्दा स्थानीय सरकारको प्रथम चौमासिको समयमा अली बढी ब्यस्तता नहुने भएकोले सोही समयमा कार्य योजना बनाइ काम गर्नका तथा निरन्तर समन्वय सहकार्य गर्न अनुरोध गर्दै सल्लाह सुझाव प्रदान गरे । दलितविकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले गाउँपालिका सँग संस्थाले निरन्तर समन्वय सहकार्य गर्दै संस्थाका गतिविधिहरु लाई संचालन गर्ने बताए ।

प्रकाशित मिति: १ पुष २०७७, बुधबार ११:४६