
सल्यान- दलित विकास सल्यानले सल्यानको सिद्ध कुमाख गाउँपालिकामा सञ्चालन गरेको सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सन् २०२० मा सञ्चालन गरेका गतिविधिहरुको सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । एक वर्षको अवधिमा भएका गतिविधिहरुको उपलब्धी, भएक ासिकाई र आएका चुनौतिहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन बुधवार सामाजिक लेखा परिक्षण गरिएको दलित विकास समाजले जनाएको छ ।
संस्थाको पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गर्न, नागरिक र स्थानीय सरकारवीच समन्वय सहकार्य गरी आपसि सम्बन्धलाई मजबुत बनाइ राख्न सामाजिक लेखा परिक्षण गरिएको दलित विकास समाजका जिल्ला संयोजक गुमान सिंह नेपालीले जानकारि दिए ।
उनले सिद्धकुमाख गाउँपालिकामा स्थानीय जनप्रतिनिधी, कर्मचारी र नागरिकहरुको वीचमा भएका गतिविधिहरु अन्तर्गत सामुदायिक समुहका सदस्यहरुका लागि २ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम, नेतृत्व विकास तथा वकालत सम्बन्धि ३ दिने तालिम, नागरिक सहभागिताकोे स्पेश सम्बन्धि तालिम, स्थानीय तहमा रहेको सेवा तथा श्रोत नक्सांकन कार्यक्रम सम्पन्न भएको बताए । यस्तै स्थानीय सरकार र सरोकारवालाहरु विच सहभागितामूलक योजनातर्जुमा र कार्यान्वयन प्रक्रिया सम्बन्धि छलफल तथा जन केन्द्रित विकास अवधारण र सकारात्मक सोच सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी पनि सम्पन्न गरिएको संयोजक नेपालीले जनाए ।
दलित विकास समाजका अध्यक्ष निमबहादुर लेपालीको अध्यक्षता र सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेको प्रमुख आतिथ्यतामा संचालन भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका, उपाध्यक्ष पुष्पा बोहरा तिला बुढा मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि थापा, सिद्ध कुमाख गाउँपालिका वडा अध्यक्षहरु, गाउँपालिकाका विषयग शाखाका प्रमुखहरु र नागरिक समाजका प्रतिनिधी तथा सामुदायिक संस्थाका सदस्यहरु लगाएतले बोल्दै दलित विकास समाजले गरेका कार्यक्रमहरु थोरै रकममा प्रभावकारी काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि समन्वय र सहकार्य निरन्तरता दिर्दै गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु सँग गरिने गतिविधिलाई पहिलो चौमासिकमा गर्नमा जोड दिएका थिए ।
कार्यक्रममा १९ जना पुरुष र १५ जनामहिला गरी ३४ जनाको सहभागिता थियो । सामाजिक लेखा परिक्षण कार्यक्रमको समापन गर्दै दलित विकास समाज सल्यानका अध्यक्ष निमबहादुर नेपालीले भौतिक विकास पूर्ण हुनको लागि मानविय विकास आति आश्यक रहेको भन्दै आगामी वर्षहरुमा यस्ता सुशासनका गतिविधिहरु संचालन गर्न गाउँपालिकाले वजेट विनियोजन गर्न अनुरोध गर्नुका साथै गाउँपालिका वडा कार्यालय र विषयगत शाखाहरु सँग समन्वय र सहकार्य गरी अगाडी बढ्ने जानकारी दिए ।
प्रकाशित मिति: २ पुष २०७७, बिहीबार ११:१४