छत्रेश्वरी गाउँ कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न

सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा सल्यान छत्रेश्वरी गाउँ कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा आज पार्टी प्रशिक्षणात्मक अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटनको बिरोध गर्दै पार्टीको बिधि, बिचार, पद्धतिका आधारमा एकताबद्ध भएर अगाडी बढ्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमको घोर भत्र्सना समेत गरेको छ ।

सो अवशरमा नेकपाका प्रदेश कमिटी सदस्य तथा सल्यान क्षेत्र नम्बर २ का इन्चार्ज उदय बोहरा, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज कृति बहादुर पुन, प्रदेश कमिटी सदस्य तथा मुख्यमन्त्रीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्मा, प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसी, नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, चित्र बहादुर केसी लगाएकाले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।

छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बहादुर खड्काले गर्नुभएको थियो । सो अबशरमा पाटीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ९ पुष २०७७, बिहीबार २१:०२