
रुकुम पश्चिम– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी हरि बहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर ५४ वर्षीय हरि बहादुरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी पुस १८ गतेदेखि बेपत्ता रहेका थिए ।
प्रकाशित मिति: २० पुष २०७७, सोमबार १५:२५