मानव अधिकार समुहले बुझायाे शारदा नगरपालिकालाई ध्यानाकर्षण पत्र

सल्यान 
जिल्लामा पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले यहाँ संचालन भएका बिद्यालयहरुले कोरोनाबाट बच्न सजकता नअपनाएकाले ध्यानाकर्षण पत्र बुझाइएको छ। मंगलबार कोरोना भाइरसको जोखिम कायमै रहेको अबस्थामा सञ्चालनमा रहेका बिद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै सल्यानको शारदा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको हाे             ।

अधिकांश बिद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु मास्क, स्यानिटाइजर, सावुन पानीले हात धुने ब्यवस्था नभएकाले यसलाई गम्भिरताका लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मानव अधिकार समुह शारदा नगरपालिकाका संयोजक मुना हमालले शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

साथै  सदरमुकाख खलंगा र श्रीनगरका  सडक छेउहरुमा तरकारी तथा फलफूल वितरण भइरहेकाले यसको उचित स्थानमा बिक्री वितरण केन्द्र स्थापना गरिनुपर्ने, वजारका एग्रोभेट पसलहरुमा सरकारले सुचिकृत गरेका भन्दा बाहिरका बिषादीहरु बिक्री वितरण भैरहेकाले यसको प्रभावकारी अनुगमण गरिनुपर्ने, शारदा नगरपालिकामा भुमिहिनहरुको तथ्यांक संकलन गरिनुपर्ने, लगाएका मागहरु समाबेश गरिएका छन् ।

 

प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १४:०९